Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • जन्डिस भनेको के हो ! जन्डिस कसरी शुरु हुन्छ !

जन्डिस भनेको के हो ! जन्डिस कसरी शुरु हुन्छ !

जन्डिस भनेको के हो ! जन्डिस कसरी शुरु हुन्छ !

पोखरा, २५ भदौ l आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ l जन्डिस आँफैमा रोग होइन यो ५० भन्दा धेरै रोगको साझा लक्षण मात्र हो l जसरी ज्वरो आँफैमा रोग होइन, हजारौं रोगहरुको साक्षा लक्षण हो त्यसरी नै जन्डिस पनि शरीर भित्र हुने धेरै साधारण र असाधारण रोगहरुले बाहिर देखाउने एउटा लक्षण मात्र हो l जन्डिसको कहिल्यै पनि उपचार गरिदैन बरु जुन कारणले जन्डिसको लक्षण देखाउंछ सोहि कारक तत्वको उपचार गरिन्छ l

जन्डिसको लक्षण देखिने बित्तिकै डाक्टरकोमा गएर के कारणले गर्दा जन्डिस भएको हो l त्यो पत्ता लगाउन पर्छ l तपाईंको डाक्टरले पहिला पिसाब र रगत जांच गर्छन् अलि जटिल खाले रोगको शंका लागेमा वा रगत र पिसाबबाट सम्पूर्ण जानकारी मिल्न सकेन भने Ultra Sound, CT scan, MRI, ERCP आदि बाट शरीर भित्र के भैराखेको छ, कुन कारणले यस्तो भयो भनेर खोजीनिती गर्छन् l अधिकांश अबकभ हरुमा (फेरी दोहोर्याउन चाँहे, अधिकांश समयमा) जन्डिस सामान्य रोगहरुरअवस्थाहरुबाट हुने गर्छन् र ३ हप्ताको आसपासमा आँफै सन्चो हुन्छ l

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका