Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • एसिड आक्रमणबाट घाइते मुस्कान खातुनलाई भेटन स्वास्थ्यमन्त्री यादव कीर्तिपुर अस्पतालमा

एसिड आक्रमणबाट घाइते मुस्कान खातुनलाई भेटन स्वास्थ्यमन्त्री यादव कीर्तिपुर अस्पतालमा

एसिड आक्रमणबाट घाइते मुस्कान खातुनलाई भेटन स्वास्थ्यमन्त्री यादव कीर्तिपुर अस्पतालमा

काठमाडौँ, २४ भदौ   स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उहाँको अवस्था खतरामुक्त रहेको छ ।

राज्यमन्त्री डा यादव आज अस्पतालमा पुगी खातुनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिनुभएको थियो । उहाँले उपचारमा सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जानकारी पनि दिनुभयो । समाजवादी पार्टीका सांसद प्रदीप यादवले खातुनको उपचारमा रु ५० हजार र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले रु पाँच लाख दिने निर्णय गरिसक्नुभएको छ । पर्सा जिल्ला प्रहरीले छात्रा खातुनमाथि एसिड प्रहार गर्ने तीन युवकलाई पक्राउ गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका