Samacharpati
मंगलबार, फाल्गुन ६, २०७६
  • होमपेज
  • लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई रेडियो लेकसिटीको बधाई तथा सम्मान

लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई रेडियो लेकसिटीको बधाई तथा सम्मान

लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई रेडियो लेकसिटीको बधाई तथा सम्मान

लेखनाथ, २४  भदौ । लेखनाथ व्रोडकास्टीङ कम्पनी प्रा.लि को संचार संस्था रेडियो लेकसिटी ९६.२ ले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई बधाई तथा स्वागत र सम्मान गरेको छ । संघको २३ औं बार्षिक साधारण सभातथा १२ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष बलराम ढकाल सहितको टोलीलाई सोमबार एक कार्यक्रमका विच सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै, कम्पनीका शेयर सदस्य एवं लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु बावुराम गिरी र सुमन भट्टराईले साविक लेखनाथ, रुपा र मादी गाउँपालिकाका व्यवसायीहरुलाई समेट्ने गरी योजना बनाउन सुझाव दिए । उनिहरुले बाणिज्य संघले समग्र लेखनाथको विकासका लागि सरकारका विभिन्न निकायहरुमा लविङ गर्न समेत आग्रह गरे । नवनिर्वाचित अध्यक्ष बलराम ढकालले व्यवसायीका समस्यालाई समाधान गर्दै, सामुहिक एकता र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष ढकालले लेखा प्रणाली सही रुपले नराख्दा व्यवसाय व्यवस्थित हुन नसकेको उल्लेख गरेका थिए ।

संघकी कोषाध्यक्ष जानुका अधिकारीले पारदर्शी लेखा व्यवस्थापन लगायतका तालिम संचालन गरी व्यवसायीको दक्षता अभिबृद्धि हुने गरी कार्यक्रम संचालन गरिने बताईन रेडियो लेकसिटीका निर्देशक नवराज सापकोटाले लेखनाथ क्षेत्रमा पेशा तथा व्यवसाय गरेर बसेकाहरु आधाभन्दा बढी संघको पहुचबाहिर रहेकाले सवैलाई समेट्न सुझाव दिए । निर्देशक सापकोटाले संचार माध्यमले रचनात्मक आलोचनामार्फत गलत काम नहोस भन्नेमा सजग गराउने बताएका थिए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव गोपीचन्द्र बास्तोला, उपमहासचिव उपेन्द्र सुवेदी राजु, कोषाध्यक्ष जानुका अधिकारी र सदस्यहरु मेनुका श्रेष्ठ, रामजी पौडेल, धिरज कुमार श्रेष्ठ, शैलेन्द्र मोहन भट्टराई, भिम वहादुर नेपाली, भरत ओझा, बुद्धिप्रसाद बास्तोला र राधाकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी महिला सदस्य दिलकुमारी दाहाल र इन्दिरा रोका, संस्थागत सदस्य सुदेव गुरुङ्ग, एशोसियट सदस्य विक्रमकर्माचार्य, मनोनित सदस्यहरु विश्वगोपाल श्रेष्ठ, मेघराज पौडेल, कृष्णप्रसाद तिमिल्सीना, आमन्त्रीत सदस्य धु्रवबाबु भट्टराई र बुद्धिमाया थापा मगरलाई पनि सम्मान गरिएको थियो । कम्पनीकाअध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कम्पनी सचिव बद्रीनाथ पौडेलले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका