Samacharpati
शनिबार, फाल्गुन १७, २०७६

हालको खबर

  • होमपेज
  • तनहुँमा मादक पदार्थ सेवन गरि कुटपीट गर्ने पक्राउ

तनहुँमा मादक पदार्थ सेवन गरि कुटपीट गर्ने पक्राउ

तनहुँमा मादक पदार्थ सेवन गरि कुटपीट गर्ने  पक्राउ

तनहुँ, २३ भदौ । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले आपसी झै-झगडा हुँदा आफ्नै साथीलाई वियरको बोत्तलले प्रहार गरी घाईते बनाउने ४ जनालाई पक्राउ गरेको छ । यही भाद्र २२ गते राती तनहुँको शुक्लागण्डकी नगरपालिका-३ कवासेमा रहेको एक होटलमा सोही स्थानका बिर बहादुर थापा, सुमन खड्का, सुमित थापा, लोक बहादुर थापा र मनोज कार्की संगै बसी मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका कारण  उनिहरु बीच झै-झगडा भएको थियो ।

झै-झगडाको क्रममा सुमन खड्काले मनोज कार्कीलाई बियरको बोतलले टाउकोमा र दाहिने पातामा हानेर घाईते बनाएको हुदा मनोज कार्की लाई  उपचारको लागि पोखरा पठाएको छ । सामान्य उपचार पश्चात थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ पठाईएको छ । प्रहरीले घटनामा संलग्नहरुलाई भाद्र २३ गते (आज) पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका