Samacharpati
शुक्रबार, माघ १०, २०७६
  • होमपेज
  • आजदेखी नयाँ कथावस्तु र नयाँ शैलीमा आउदै छ “भद्रगोल”

आजदेखी नयाँ कथावस्तु र नयाँ शैलीमा आउदै छ “भद्रगोल”

आजदेखी नयाँ कथावस्तु  र नयाँ शैलीमा आउदै छ “भद्रगोल”

काठमाडौँ, २० भदौ । बहुचर्चित हास्य टेलिश्रृखला “भद्रगोल” आजदेखी  फेरि नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने “भद्रगोल” अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । दर्शक माझ निकै रुचाएको “भद्रगोल” टेलिफिल्मीलाई स्थापनाकालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आउन लागेका हो ।

आज भाद्र २० गते शुक्रबार ८ : ५०बजे प्रसारण हुने “भद्रगोल” नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आउनेछन् भने अशोक धिलात बाहुन डन बनेर आउनेछन । विच काम विशेषले नियमित हुन सकिएन् काफ्लेले भने, बहुचर्चित हास्य टेलिश्रृखला हामी सबै मिलेर जन्माएका थियौँ बन्द हुनुहुदैन् भन्ने हाम्रो मान्यता हो, यहि कारण अब आफै निर्देशनसहित आएको छु, आशा छ, दर्शकको माया थप पाउनेछु । मोसफल चितवन हुदै राष्ट्रिय कलाकारितामा छिरेका काफ्लेले मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम बनेर चर्चा कमाएका थिए । उनले चलचित्र समेत अभिनय गरेका छन् ।

मिडिया हबकै प्रस्तुतीमा नयाँ शैलीसहित आउने “भद्रगोल” मा अब भने जनताको जनजिविकासगँ सरोकार र समस्यामा केन्द्रिय हुने विषय बस्तु समेट्दै, त्यहि ठाउँको परिवेश समेत चित्रण गर्ने लक्ष्य रहेको उनले बताए । जसमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका