Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • बाग्लुङ,तनहुँ, नवलपारासिमा सवारी दुर्घटना, दुर्घटनामा परि दश जना घाईते

बाग्लुङ,तनहुँ, नवलपारासिमा सवारी दुर्घटना, दुर्घटनामा परि दश जना घाईते

बाग्लुङ,तनहुँ, नवलपारासिमा सवारी दुर्घटना,  दुर्घटनामा परि दश जना घाईते

बाग्लुङ , २० भदौ । ढोरपाटन नगरपालिका-२ शेरा स्थित मध्ये पहाडि लोकमार्गमा झिवाखोलाबाट बुर्तिबाङ तर्फ आउदै गरेको लु१ज ९४६२ नम्बरको पिकअप जिप अचानक सडक देखि अंन्दाजी ८० मिटर तल पल्टिदा उक्त जिपमा सवार चालक सहित ७ जना घाईते भएका छन् घाईते लाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बाग्लुङ पठाईएको छ  उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

आँबुखैरेनी गाउँपालिका -२ बगुवा स्थित पृथ्वी राजमार्गमा डुम्रे बाट आँबुखैरेनी तर्फ आँउदै गरेको ग १ ख ५२४० नंम्बरको बस लाई सोहि दिशाबाट आँउदै गरेको ना ६ ख १५६३ नंम्बरको ट्रकले पछाडि बाट ठक्कर दिँदा बसमा सवार चितवन कालिका नगरपालिका -८ बस्ने वर्ष ४० की मिनु गरुङ घाईते भएकि छन् गरुङ लाई उपचारको लागि छिम्केश्वरी अस्पताल आँबुखैरेनी पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

देवचुली नगरपालिका – १ केउरेनी स्थित राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आईरहेको ना ६ ख ६७१० नंम्बरको ट्रकले पैदल यात्री केराउनी १३ बस्ने वर्ष २८ कि यशोधा महतो र निजको छोरि वर्ष २ कि एनजल महतोलाई ठक्कर दिदा घाइते भएकि छन् घाइते लाई उपचारकालागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका