Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • घट्यो सुनको मुल्य, जान्नुहोस् ! प्रतितोलामा कति घट्यो मूल्य

घट्यो सुनको मुल्य, जान्नुहोस् ! प्रतितोलामा कति घट्यो मूल्य

घट्यो सुनको मुल्य,  जान्नुहोस् !  प्रतितोलामा कति घट्यो  मूल्य

काठमाडौँ, २० भदौ  । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० खरीदबिक्री भएको थियो ।(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका