Samacharpati
मंगलबार, फाल्गुन ६, २०७६
  • होमपेज
  • ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल कलाकारलाई प्रमाणपत्र वितरण

‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल कलाकारलाई प्रमाणपत्र वितरण

‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल कलाकारलाई प्रमाणपत्र वितरण

काठमाडौं, १९ भदौ ।  काठमाडौं दोस्रो ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको छ । बसुन्धराको यति इभेन्टसमा नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दको प्रमुख आतिथ्यतामा उत्कृष्ट पाँचका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको  थियो  । कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, डब्बु क्षेत्री, चलचित्र निर्देशक रमेश थापा, गायक तथा आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल र चलचित्र पत्रकार संघकी उपाध्यक्ष गिता अधिकारीको आतिथ्यता रहेको थियो ।

 

समारोहमा ४२ विधाका २ सय १० नोमिनिजलाई प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । सगरमाथा म्युजिक अवार्ड रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको हो । आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार अवार्ड कार्यक्रम आगामी असोज ९ गते आयोजना हुनेछ ।

अवार्ड समारोहमा सङ्गीत पत्रकारिताको माध्यमबाट यस क्षेत्रको विकाश र विस्तारका लागि क्रियाशील ६ जना रङ्ग पत्रकारहरु समेत ‘सगरमाथा रंग पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । यस वर्ष शान्तिप्रियलाई रंग पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने राज श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, विजय आवाज, कुवेर डंगोललाई रंग पत्रकारिता  सम्मान र मनीष दाहाललाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका