Samacharpati
साेमबार, माघ ६, २०७६
  • होमपेज
  • पोखरामा उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ हुने

पोखरामा उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ हुने

पोखरामा उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ हुने

पोखरामा आगामी असोज ११ गते ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुनेभएको हो ।

आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताउनुभयो । उहाँले बिकिनी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँका अनुसार फिजिक तर्फको बिजेताले नगद रु २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछ । त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उहाँले बताउनुभयो । गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताउनुभयो । गुरुङले देशभरबाट अनुमानित २० बढि खेलाडीको सहभागिता रहने जानकारी दिदै दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको बताउनुभयो । कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका