Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी पुरा

रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी पुरा

रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी पुरा

हेमजा, १३ भाद्र । रेडियो हेमजा ८८.५ मेगाहर्ज पोखरा २५ हेमजाले आयोजना गरेका बृहत तीज महोत्सव २०७६ को तयारी पुरा भएको छ । महोत्सव यही भाद्र १४ गते हेमजा मिनि मार्केट, हेमजा मिलनचोकमा हुनेछ । महोत्सवको उद्घाटन गण्डकी प्रदेश सांसद मिना गुरुङको प्रमुख आतिथ्यतामा हुने रेडियो हेमजा ८८.५ मे का स्टेशन म्यनेजर परशुराम अधिकारीले जानकारी दिए ।

हेमजा संचार सहकारी संस्था लि.दवाारा संचालित रेडियोले नेपाली नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा बृहत तिज महोत्सवको आयोजना गरेको हो । सम्वृद्धिका लागि कृषि र पर्यटन विषयक उक्त तीज महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, हास्य कलाकारको प्रस्तुती, घैटो फुटाउने प्रतियोगिता आदि रहेका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमशं २० हजार, १५ हजार, १० हजार, ५ हजार र उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभुषाले २÷२ हजार प्राप्त गर्ने छन् । त्यस्तै दर्शक दिर्घबाट नृत्य गर्नेलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने े कार्यक्रम संयोजक विष्णु बाँस्तोलाले जानकारी दिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका