Samacharpati
साेमबार, माघ ६, २०७६
  • होमपेज
  • दान बहादुर मल्लको नाममा फेक फेसबुक अकाउन्ट, सामाजिक संजालको दुरुपयोग गर्नेको खोजिमा प्रहरी

दान बहादुर मल्लको नाममा फेक फेसबुक अकाउन्ट, सामाजिक संजालको दुरुपयोग गर्नेको खोजिमा प्रहरी

दान बहादुर मल्लको नाममा फेक फेसबुक अकाउन्ट, सामाजिक संजालको दुरुपयोग गर्नेको खोजिमा प्रहरी

काठमाडौँ, १२  भदौ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लको नाममा फेक फेसबुक अकाउन्ट खोलेको भन्दै चितवन प्रहरीले आपत्ति जनाएको छ । एसपी मल्लको नाममा खोलीएको उक्त फेकआइडीबाट अश्लिल तस्विरहरु समेत पोष्ट गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको हो । यस विषयमा ओएस नेपालले एसपी मल्लसँग सम्र्पक गर्दा उनले नक्कली फेसबुक एकाउन्ट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट समेत अनुसन्धान भइरहेको जानकारी दिए ।

उक्त फेकआइडी र प्रयोगकर्ताबारे अनुसन्धान भइरहेको मल्ल बताए । सामाजिक संजालको दुरुपयोग गर्ने जो सुकै भए पनि कानुनी दायरामा ल्याइने एसपी मल्लले जानकारी दिए । दानबहादुर मल्लको नामबाट खोलिएको उक्त आइडीका प्रयोगकर्ताले मल्लको, चितवनकी मेयर रेणु दाहालको तस्विरको दुरुपयोग गर्दै अश्लिल तस्विर समेत पोष्ट गरिएको छ । उक्त फेक अकाउन्टबाट मेयर रेणुले रवि लामिछानेलाई फसाउन १४ करोड दिएको जस्ता गम्भिर आरोपहरु लगाइएको छ । यस विषयमा चितवन प्रहरीले आफ्नो पेज मार्फत पनि आपत्ति जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका