Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • शुभकामना आमा समुहको अध्यक्षमा हिरा

शुभकामना आमा समुहको अध्यक्षमा हिरा

शुभकामना आमा समुहको अध्यक्षमा हिरा

पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोकिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह–सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मिना द्धारे चयन हुनु भएको छ ।त्यस्तै समूहको सदस्यहरूमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवी न्यौपाने, जमुना सोराली हुनुहुन्छ ।

अधिवेशनको उद्घाटन गर्दै समुहका पूर्वअध्यक्ष सुकुना गुरुङले आमाहरूको एकताको बलमा सामाजिक उत्तर दायित्व एवम् जिम्मेवारी समेतलाई अघि बढाउँदै समूह सफल बन्दै गएको धारणा राख्नुभयो । नेपाल पर्यटन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरि बाँस्तोलाले सामूहिक एकतामा नै बल हुने बताउँदै सामाजिक क्षेत्रमा आमा समूहले सञ्चालन गरेका गतिविधि प्रशंसायोग्य भएको बताउनुभयो । समाजसेवी नारायण श्रेष्ठले नजिकिदै गरेको हरितालिकाको शुभकामना व्यक्त गर्दै समाजका विकृति र विसंगतीको अन्त्यका लागि आमा समूह सकृयता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा समाजका ७० बर्ष उमेर पुग्नु भएका एक दर्जन आमा बुवा र एसइई परीक्षामा उत्तिर्ण सात जना विद्यार्थी सहित समाजसेवी बैकुण्डलाल जि.सी र हिमालय बोर्डिङ स्कूलका पिन्सिपल डा. टेकनारायण पौडेललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । समूहका अध्यक्ष विचित्रा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, समूहका पूर्वअध्यक्ष पार्वती खड्का लगायतले आमाहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिनु पर्ने आवश्यक रहेको बताउनुभयो । समूहका सचिव मिना के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष मिना द्धारेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सामूहिक दरभोज सहित नाचगान गरेका थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका