Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • पर्वत र लमजुङमा सवारी दुर्घटना

पर्वत र लमजुङमा सवारी दुर्घटना

पर्वत र लमजुङमा  सवारी दुर्घटना

पर्वत, ११ भदौ । कुश्मा नगरपालिका-२ नयाँपुल स्थित अर्मादीमा सरसफाई गरी बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ८२५२ नं.को बस आँफै अनियन्त्रीत भई सडक छेउको रुखमा ठोक्किँन जाँदा बसमा सवार ५ जना घाईते भएका छन् घाईतेलाई उपचारको लागि बाग्लुङ तर्फ पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

बेशिसहर नगरपालिका-८ मनाङे चौताराबाट सामुदायिक अस्पताल तर्फ जाँदै गरेको बा ९२ प ५९६७ नंम्वरको स्कुटर अनियन्त्रित भई पल्टन जाँदा स्कुटर चालक सोहि स्थान बस्ने वर्ष २१ को प्रमोद गुरुङ घाईते भएका छन् घाईतेलाई उपचारको लागि राष्ट्रिय ट्रामा सेन्टर काठमाण्डौं पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका