Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

जनकपुरधाम,  ११ भदौ सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय पंकज कुमार सिंह रहेका छन् ।

जितेन्द्रले धनुषाको मिथिला नगरपालिका- ६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार नगरपालिका १० बस्ने अरुण कुमार पन्जियारसँग ७ हजार रुपैयाँ लिएका थिए ।  ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित  जितेन्द्रलाई पक्राउ गरिएको छ । उनलाई ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका