Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • गण्डकी प्रदेशका ६ मन्त्रालयका सचिवको सरुवा

गण्डकी प्रदेशका ६ मन्त्रालयका सचिवको सरुवा

गण्डकी प्रदेशका ६ मन्त्रालयका सचिवको सरुवा

पोखरा, ११ भदौ । गण्डकी प्रदेशका ६ मन्त्रालयमा सचिवको सरुवा भएको छ । गएको बुधबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरपछि उनीहरूको  सरुवा गरिएको संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरको सूचनामा उल्लेख छ ।


गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । लोकसेवा आयोग केन्द्रीय कार्यालयका किरणराज शर्माले कानुन मन्त्रालयमा सचिवको जिम्मेवारी पाएको सूचनामा उल्लेख छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्तिप्रसाद पाण्डे अर्थ मन्त्रालयमा सरुवा भएका छन् । अब आर्थिक मामिला तथा योजना मन्त्रालयमा संघीय अर्थ मन्त्रालयबाट रामेश्वर दंगाल आउने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गण्डकी प्रदेशको सामाजिक मन्त्रालयमा डिल्लीराम शर्मा सरुवा भएका छन् । अहिले सामाजिक विकास मन्त्रालयको सचिव रहेका दीर्घनारायण पौडेल गृह मन्त्रालय सरुवा भएका छन् । त्यस्तै गरी वन तथा वातावरण मन्त्रालयमा कार्यरत यमप्रसाद पौडेलले प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण सचिवको जिम्मेवारी पाएका छन् भने सचिव विष्णुप्रसाद भण्डारीको संघीय वन मन्त्रालयमा सरुवा भएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा बाली संरक्षण निर्दे शनालय ललितपुरबाट अच्युतप्रसाद ढकालले जिम्मेवारी पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयका गणेशप्रसाद पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर मरहट्टाको भने सरुवा भएको छैन । मरहट्टाको पनि सरुवा भएको हल्ला चले पनि सामान्य प्रशासन मनत्रालयले सरुवा गरेको सहसचिवको सूचीमा उनको नाम छैन ।

यो पनि हेर्नुहोस : कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख प्रकाशकिय अधिकृतको सरुवा

– समाधान दैनिकको सहयोगमा

एक प्रतिक्रिया on “गण्डकी प्रदेशका ६ मन्त्रालयका सचिवको सरुवा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका