Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • एभरेष्ट बैंक लिमिटेडद्वारा नया एक्सटेन्सन काउन्टर संचालन

एभरेष्ट बैंक लिमिटेडद्वारा नया एक्सटेन्सन काउन्टर संचालन

एभरेष्ट बैंक लिमिटेडद्वारा नया एक्सटेन्सन काउन्टर संचालन

पोखरा,  १० भाद । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंक लिमिटेडले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको छ । यसै क्रममा यस बैंकले आज मिति २०७६ भाद्र ०९ बाट पेन्शन वितरण कार्यालय पोखरा कास्की (Pension Paying Office, Pokhara Kaski)एक्सटेन्सन काउन्टर सहित एटिएम पनि संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा भारतिय पेन्शन वितरण कार्यालय पोखराका प्रमुख शशांक त्रिपाठीले संयुक्त रुपमा गर्नु भएको छ । यस एक्सटेन्सन काउन्टरबाट विशेषतः भारतीय भूतपुर्व सैनिकहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ संचालनमा ल्याएको हो ।

एभरेष्ट बैंकका सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका