Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • सिंगापुरबाट प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन : जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउनुहोस

सिंगापुरबाट प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन : जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउनुहोस

सिंगापुरबाट प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन : जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउनुहोस

काठ्माण्डौ, ९ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आवश्यक निर्देशन दिनुभएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य राम्रो रहेको र आवश्यक अन्य जाँच भइरहेको बताउनुभएको थियो । साथै उहाले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सवैलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता बास्काटोले बताउनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामका बारेमा पनि चासो देखाउनुभएको बास्कोटाले जानकारी दिनुभयो ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको हो । यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

फोटोहरु: प्रधानमन्त्री ओलीको ट्वीटरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका