Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • लायन्स क्लबद्वारा मगर्स क्रियसनका सिइओ आशिर्वाद पुन मगर सम्मानीत

लायन्स क्लबद्वारा मगर्स क्रियसनका सिइओ आशिर्वाद पुन मगर सम्मानीत

लायन्स क्लबद्वारा मगर्स क्रियसनका सिइओ आशिर्वाद पुन मगर सम्मानीत

काठमाडौं, ९ भदौ । इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं क्रियटिभ यूथले इन्टलेशन अफ इन्डक्सन कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर ३ का प्रमुख (गभर्नर) अनुराधा कोइरालाको प्रमुख आतिथ्यिमा भएको कार्यक्रममा विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लवका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कोइरालाले लायन्स क्लव समाज लागी निकै राम्रो भएको बताउनु भयो । उहाँले महिला र बालबालिकाको समस्या अहिले प्रमुख भएकाले पपहिला यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै कोइरालाले रजस्वलाको पितृसतात्मक सोचको खण्डन गर्दै त्यस विरुद्ध आवाज उठाउने बताउनु भयो ।

कार्यक्रममा समाजमा टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा विदेशबाट नेपाल आएर थुप्रै व्यवसायहरु संचालन गरि सयौँलाई रोजगारी दिएर व्यवसायको माध्यमबाट समाज परिवर्तन र देशको आर्थिक सम्मृद्धि उकास्न ठुलो भूमिका खेलेकोमा, लायन्स क्लब इन्टरनेसनलको इन्डक्सन र इन्स्टलेसनमा नाइस टेलिभिजन तथा मगर्स क्रियशनका सिइओ आर्शिवाद पुन मगर, वरिष्ठ पत्रकार दिपक श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, गरिमा पौडेल, सुरेश डंगोल, श्याम प्र रेग्मिलाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा सम्मानीत भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा लायन्स क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवम सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्री राजनले प्रतिज्ञा गराउनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका