Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • छत्रदेव गाउँपालिकामा रमाइलो रोपाइँ जात्रा, धार्मिक किवदन्तीको यस्तो जगेर्ना(भिडियो)

छत्रदेव गाउँपालिकामा रमाइलो रोपाइँ जात्रा, धार्मिक किवदन्तीको यस्तो जगेर्ना(भिडियो)

छत्रदेव गाउँपालिकामा रमाइलो रोपाइँ जात्रा, धार्मिक किवदन्तीको  यस्तो जगेर्ना(भिडियो)

अर्घाखाँची, ९ भदौ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न भएको छ। भगवान कृष्ण जन्मेको अर्को दिन निकालिने किवदन्ती अनुसार गत बर्ष जस्तै यश बर्ष पनि छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा निकालिएको थियो।अगाडि कटुवाल बन्ने त्यसपछि लगत्तै हली गर्ने र त्यसको पछाडि भगवान कृष्णको रथयात्रा सगै रोपाइँ गर्ने धार्मिक किवदन्ती रहेको छ।

छत्रदेव गाउँपालिकाका आठवटै वडामा रोपाइँ जात्रा सम्पन्न भएको हो।छत्रदेवको चिदिका केरुङ्गा बलकोट छत्रगञ्ज ठुलापोखरा भगवती तथा अर्घातोषमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।त्यसैगरी अर्घाखाँचीको छत्रदेव ७ ताराखसेमा विशेष किसिमले रौनकका साथ रोपाइँ जात्रा सम्पन्न भएको छ। ताराखसेमा श्रीकृष्ण जन्माष्टमीलाइ अहोरात्र सहयोग गर्ने ,त्यस्तै कार्यक्रमलाई सहयोग गर्ने सहयोगीलाई प्रमाणपत्रसहित सम्मान गरिएको प्रचारप्रसार संयोजक सुजन न्यौपानेले जानकारी दिनुभयो। हेरनुहोस भिडियो सहिति पुरा रिपोट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका