Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • कास्कीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

कास्कीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

कास्कीमा  लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

पोखरा, ६ भदौ । गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलिले यही भाद्र ०५ गते लागूऔषध ब्राउन सुगर सहित २ जनालाई  पक्राउ गरेको छ । पोखरा महानगरपालिका-२ बसपार्क एरीयाबाट ति लागूऔषध बोक्ने २ जना गिरोहलाई  प्रहरीले   पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा सोहि स्थान बस्ने २६ वर्षिया रचना गिरी र ३८ वर्षिय बिमल लामा रहेका छन । पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारि राखेको ब्राउन सुगरका पोका फेला पारि बरामद गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान लागि वडा प्रहरी कार्यालय बगर पठाईएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका