Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • सिचाई सञ्चालनपछि उपल्लो मुस्ताङका चराङबासीमा खुसीयाली

सिचाई सञ्चालनपछि उपल्लो मुस्ताङका चराङबासीमा खुसीयाली

सिचाई सञ्चालनपछि उपल्लो मुस्ताङका चराङबासीमा खुसीयाली

गिता राना मगर, पोखरा । सिचाइको अभावमा वर्षको एक खेती गर्न बाध्य उपल्लो मुस्ताङका चराङवासीमा खुसीयाली छाएको छ । लो घेकर दामोदर कुण्ड गाउपालिका १ चराङमा मेकी युरा सिंचाइ आयोजना निर्माण सम्पन्न भइ सिंचाइको नहरबाट पानी आउन थालेपछि चराङबासीमा खुसीयाली छाएको हो । सिंचाइ संगै चराङ लघु जलविद्युत समेत सञ्चालनमा सहज हुने भएको हो । प्रदेश सरकारको ७९ लाख र लो घेकर दामोदर कुण्ड गाउपालिकाको ३५ लाख गरी कुल १ करोड १४ लाखको लागतमा चराङ खोलादेखी १.५ किलोमिटरको नहरबाट चराङमा पानी ल्याइएको हो ।

उक्त नहरको पानीले चराङमा अवदेखी एक खेतीमात्र नभइ विभिन्न खेतीहरु उवा,फापर, तोरी, आलु, केराउ संगै स्याउ खेतीका लागी समेत सिचाइ गर्नुका साथै चराङमा रहेको चराङ लघु जलविद्युतलाई समेत पानी सहज ढंगले उपलब्ध हुने भएको छ । खेतीपाती र जलविद्युत संगै हिउदमा पाइपको पानी जम्दा खानेपानीको शास्ती खेप्दै आएका चराङबासीलाई उक्त सिचाइको नहरबाट आउने पानीले खानेपानीको समस्यालाई समेत समाधान गर्ने भएको छ ।

चराङमा हालै निर्माण सम्पन्न मेकी युरा सिंचाइ संगै चराङबासीमा कृषीको नया लहर छाएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले वताए । चराङ गाउमा सिंचाइ नहुदा गाउलेहरुले वर्षमा एक खेतीमात्र गर्दै आइहेको वताउदै विष्टले अवका दिनदेखी चराङ गाउमा सिंचाइ आइसकेपछि विभिन्न खेती संगै स्याउ खेतीको संभावना रहेकाले त्यसप्रति चराङवासीलाई अगाडी वढ्न आग्रह गरे । चराङमा विमानस्थल निर्माणको समेत संभाब्यता अध्ययन हुने वताउदै अव उपल्लो मुस्ताङको समेत बिकास निर्माणको माध्यामबाट बिकटलाई पनि निकट बनाउनतर्फ आफु लागी परेको वताए ।

मुस्ताङको उत्तरी क्षेत्र उपल्लो मुस्ताङको सम्पूर्ण क्षेत्र सडक सञ्जालले छोइसकेको र अवका दिनमा बिकास संगै कृषीका कार्यक्रमहरुलाई जोड दिइ उपल्लो मुस्ताङको जीवनस्तर उकास्नका लागी र उपल्लो मुस्ताङमा आउने पाहुनालाई उपल्लो मुस्ताङमै उत्पादित खाद्यान्नले धान्ने गरी कृषीका कार्यक्रमहरु ल्याउन आफुहरु लागी परेको गण्डकी प्रदेश सभा सदस्य चन्द्र मोहनले वताए ।

१ सय ६ घरधुरी रहेको चराङ गाउका बासिन्दाहरु चराङ खोलाबाट ल्याएको सिंचाइपछि निकै खुसी रहेको र यसमा प्रदेश सरकार संगै आफ्नो गाउपालिकाले समेत सहयोग गरी स्थानिय जनताले सिचाइको अभाव खेप्न नपर्ने गरी काम गर्न पाउदा निकै खुसी लागेको लो घेकर गाउपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले वताए । सिंचाइको उद्घाटनको अवसरमा मुस्ताङ जिल्ला समन्वय समितीका प्रमुख छिरिङ ल्हामो गुरुङ, गाउपालिकाका उपाध्यक्ष ढोका गुरुङ, लो घेकर गाउपालिकाका वडा अध्यक्षहरु सहित गाउले बासीको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका