Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, तनहुँमा सवारी दुर्घटना दुई जना घाइते

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, तनहुँमा सवारी दुर्घटना दुई जना घाइते

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, तनहुँमा  सवारी दुर्घटना दुई जना घाइते

नवलपरासी, ३ भदौ । मध्यबिन्दु नगरपालिका-७ स्थित काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ४८६ नंम्वरको बसले सोही दिशा तर्फ जाँदै गरेको ना ४५ प २१०७ मोटरसाईकल र साईकल यात्रीलाई ठक्कर दिंदा साईकलयात्री भारत मोतिहारी बलुवा घर भई हाल मध्यबिन्दु नगरपालिका-७ चोरमारा बजारमा प्लास्टिकको पसल गरी  बस्दै आएका  वर्ष अंन्दाजी ३६ को मोहम्मद साहविर घाइते भएका थिए उनलाई उपचारको लागि  मध्यबिन्दु अस्पताल डण्डामा लगीएको थियो उनको उपचारको क्रममा मृत्य भएको छ । साथै मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका-७ बस्ने वर्ष ४८ को घाईते भानुभक्त  पंगेनी को उपचार भईरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

बन्दीपुर गाँउपालिका-४ नयाँपुल स्थित आँबु खैरेनीबाट डुम्रे तर्फ आँउदै गरेको बा ९५ प ७८३१ नम्वरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको बा ५० प २९२३ नम्वरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक बन्दीपुर गाँउपालिका-२ बस्ने वर्ष २६ को रामशरण रोक्का,मोटरसाईकल चालक गोरखा सुलीकोट गाँउपालिका ६ बस्ने वर्ष २५ को रित बहादुर गुरुङ र मोटरसाईकलमा पछाडी सवार सोहि स्थान बस्ने वर्ष १८ को सुरज गुरुङ घाइते भएका छन्  घाइते गुरुङलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाईएको छ । घटना स्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका