Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • रविलाई जिल्ला अदालत चितवनमा पेश,रविको सुरक्षाको लागि झिकाइयो हजार प्रहरी

रविलाई जिल्ला अदालत चितवनमा पेश,रविको सुरक्षाको लागि झिकाइयो हजार प्रहरी

रविलाई  जिल्ला अदालत चितवनमा पेश,रविको सुरक्षाको लागि झिकाइयो हजार प्रहरी

चितवन, ३ भदौ । आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ । त्यस्तै उनलाई भेट्न जानले ई पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका