Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • पद गुम्ला भन्‍ने डर मलाई छैन :- केपी शर्मा ओली

पद गुम्ला भन्‍ने डर मलाई छैन :- केपी शर्मा ओली

पद गुम्ला भन्‍ने डर मलाई छैन :- केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् ।आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्‍त्रीले सरकार परिवर्तनको संभावनालाई अस्वीकार गरेका हुन् ।

ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै भने, ‘मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर डराएर बसेको छ। यो गलत हो । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्‍न मन छैन ।’

ओलीले पद गुम्छ कि भनेर आफू कहिल्यै नडराएको बताउँदै भने, ‘मलाई त्यो डर कहिल्यै भएन र छैन । प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए । ओलीले राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा टिप्पणी गरे ।

संविधान सम्ममत ढंगले चल्ने कुरामा संवैधनिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै ओलीले भने, ‘तर सरकारको आलोचनामा नाममा प्रणाली उट्याउँछु भन्‍ने, प्रगतिगमन गर्छु भन्ने संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्‍ने हुनेछैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका