Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • रवि लामिछाने समर्थक र प्रहरी बीच झडप, प्रहरीले अश्रुग्यास प्रहार

रवि लामिछाने समर्थक र प्रहरी बीच झडप, प्रहरीले अश्रुग्यास प्रहार

रवि लामिछाने समर्थक र प्रहरी बीच झडप, प्रहरीले अश्रुग्यास प्रहार

काठमाडौं, १ भदौ । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हाम्रा संवााद दाता उर्गिन तामागंले जनाए अनुसार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको र प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए । बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेपछि रवि लामिछानेकाा सर्मथकले चितवन जिल्ला प्रहरी कार्यलय अघि प्रदर्शन गरेका छन् । यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका