Samacharpati
शनिबार, फाल्गुन १७, २०७६

हालको खबर

  • होमपेज
  • भित्ता कोर्ने दाह्रीवाल सुमन वाग्ले यस्तो राम्रो भितेचित्र बनाउछन् उनि हेर्नुहोस भिडियो

भित्ता कोर्ने दाह्रीवाल सुमन वाग्ले यस्तो राम्रो भितेचित्र बनाउछन् उनि हेर्नुहोस भिडियो

भित्ता कोर्ने दाह्रीवाल सुमन वाग्ले यस्तो राम्रो भितेचित्र  बनाउछन् उनि  हेर्नुहोस भिडियो

काठमाडौँ, ३१ साउन । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दाह्री पाल्ने उनी दाह्री ग्याङमा पनि आवद्ध छन् । सुमनले विर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरुमा आफ्नो कला देखाईसकेका छन् । उनको यो कलाले पछिल्लो समय प्रशंसा पनि पाईरहेको छ । बिजनेस स्टडिजका विद्यार्थी उनी अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेशा बनाईरहेका छन् । जागिरको लागि कोशिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्द्रित भएँ, उनी सुनाउँछन् ।

बाल्यकालदेखि चित्र बनाउन रहर गर्ने उनलाई बुवाले नै उनलाई चित्रकलाको आधारभूत शिक्षा दिए । तर, चित्रकला संघर्ष बुझेका उनले छोरोलाई मूल पेशा नै चित्रकला नबनाउन सुझाव दिने गर्थे । यद्यपि, सुमनले बुवाको इच्छा अनुसार अन्य पेशामा रमाउन सकेनन् र अध्ययनको साथमा आफ्नो कलालाई पनि उत्तिकै महत्व दिए । अहिले उनको लागि रहरको काम नै जीवन चलाउने आधार बनेको छ ।

अहिले उनी काम खोज्दैनन्, उनलाई नै कामले खोज्न सुरु गरिसकेको छ । तर, पाँच वर्ष अघि भने उनी चित्रकलाबाट दिक्क भएर नैराश्यमा गईसकेका थिए । सामाजिक संजालमा रहेको दाह्री ग्याङ ग्रुपले उनको कला यात्रालाई नयाँ मोड दिएको उनी बताउँछन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय दाह्री ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनको सामाजिक काममा पनि सघाउँदै आएको थियो । त्यही शिलशिलामा विर अस्पताल रंग्याउने अभियान चल्दै गर्दा सुमनले भित्तकला गर्ने नयाँ अवसर पाए ।

यो अवसरले अरु थुप्रै नयाँ अवसरहरु जुराईदियो । उनले केही विद्यालय, थुप्रै रेष्टुरेन्ट र घरका भित्तामा आफ्नो कला देखाईसकेका छन् । हरेक पटक फरक र नयाँ सिर्जना गर्न चाहन्छन् । तर, अल्लारे उमेर र हुलियाका कारण उनलाई कतिपयले भने अविश्वास गरेर नयाँ चित्र बनाउने अवसरै दिँदैनन् । हेर्नुहोस् भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका