Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

पोखरा, ३१ साउन । पोखरा उद्योग वाणिजय संघको आयोजनामा विरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएता पनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस अभियानलाई विभिन्न संघसंस्थाहरुको सहकार्य र समन्वयमा सफल पारिएको प्रति खुसी प्रकट गर्दै यस्ता प्राकृतिक प्रकोपलाई न्युनिकरणमा सबैको ध्यानजान आवश्यक रहेको बताउनुभयो ।

वडा नं ३१ को बलेवामा मुसहर जातिको बाहुल्यता रहेका र शिक्षातथा स्वास्थ्यको दृष्टिकोणले पछाडी रहेको बताउँदै स्थानिय सरकारले मुसहर जातिका बालबालिका, महिलाएवं युवाहरुका क्षेत्रमा महत्वपुर्ण कामगर्न अझै बाँकी रहेको गुरुङले बताउनुभयो । राहत वितरण कार्यक्रममा बोल्दै बलेवा वडा नं ३१ का वडासदस्य अदालत अन्सारीले पोखरादेखि यति टाढा आएर अत्ति व्यवस्थित तरिकाबाट राहत वितरण गरेकोमा पोखरा उद्योग वाणिजय संघलाई विशेष धन्यवाद दिनुभयो । उहाँँले यस ठाउँमा राहत वितरणका नाम सिफ्र नाम राख्न र देखाउनमात्रआउने गरेको गुनासो राख्नुभयो । उहाँले यो राहत वितरण पहिलोपटक व्यवस्थित र मर्यादित तवरबाट भएको कुरा राख्दै मुसहर बाढी पिडितलाई ठुलो राहतभएको तर्क गर्नुभयो ।

उक्त मुसहरबस्तीमा रहेका स्थानीय बासिन्दाहरुलाई पखेटा नेपालका अध्यक्ष विनु श्रेष्ठले सेनेटरी प्याडको उपयोगिता बारेमा जानकारी दिनुभएको थियो । सो राहत वितरण अभियानमा पोखरा वाणिज्य संघका प्रतिनिधिहरु, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजक प्रिती पाण्डे, प्रशासन संयोजक सरिता ताम्रकार, नेपाल व्युटिसियन संघका गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोईराला, लायन्स क्लबअफ पोखरा व्युटी सिटिका प्रथम उपाध्यक्ष मिना प्रधानलगायतको उपस्थिति रहेको थियो । राहत वितरण अभियानमा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवाका सुरक्षाकर्मी तथा जनप्रतिनिधिको निगरानीमा साम्रागी वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका