तनहुँमा लागूऔषध सहित २ जना पक्राउ, सवारीसाधन बाट खसि घाईते – Samacharpati
Home | About Us | Contact | Unicode |

तनहुँमा लागूऔषध सहित २ जना पक्राउ, सवारीसाधन बाट खसि घाईते

तनहुँ, २९ साउन ।  शुक्लागण्डकी नगरपालिका-६ तिमिल्सिना चोक स्थित पृथ्वि रामामार्गमा काठमाण्डौबाट पोखरातर्फ आँउदै गरेको प्रदेश नं. ३/०२/००२ प ९६३ नं.को मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ७२ की ज्ञानुमाया अधिकारीलाई ठक्कर दिदा घाईते भएकि ज्ञानुमायालाई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको छ उक्त स्थानमा तत्कलै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

भानु नगरपालिका -१० नेपाल डाँडा स्थित डुम्रे-बेशिशहर सडक खण्डमा डुम्रेबाट खत्रिठाँटीतर्फ जाँदै गरेको ग १ ज ६३०३ नंम्बरको विङगरमा सवार तनहुँ ५ बस्ने वर्ष ५० की सिता माया श्रेष्ठ सोही गुडिरहेको गाडिबाट खस्न गई घाईते भएकि छन् घाईते  सिता माया लाई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

शुक्लागण्डकी नगरपालिका-६ खैरेनिटार स्थित सनम चोकमा पैदल हिडिरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष ३५ को राजन गुरुङ र वर्ष ३७ को शिव श्रेष्ठ लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डाईजेपाम २१ थान,फेनारागन २१ थान र नुरफिन ‍२१ थान गरी जम्मा ६३ थान लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित