Samacharpati
शुक्रबार, माघ १०, २०७६
  • होमपेज
  • महिला पर्यटन व्यवसायीले स्थापना दिवस बालगृहमा गएर मनाए

महिला पर्यटन व्यवसायीले स्थापना दिवस बालगृहमा गएर मनाए

महिला पर्यटन व्यवसायीले स्थापना दिवस बालगृहमा गएर मनाए

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)आफ्नो स्थापना दिवस पोखराबाट स्याङ्जाको बालगृह पुगेर मनाएको छ ।

आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला भन्ने उद्धघोषका साथ दुई वर्ष अघि गठित संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव कटुजे स्वाराँ स्याङ्जामा रहेको अमोर सेवा नेपाल, बालगृहमा पुगेर खाद्यान्न, खेलकुद र शैक्षिक सामाग्री वितरण गर्दै बालबालिकासँग केक काटेर मनाएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेकपा एमाले नेतृ देवका पहारीले पोखराबाट स्याङ्जाको बालगृहमा आएर उनीहरुको माझ संस्थाले आफ्नो स्थापना दिवस मनाउनु सकारात्मक भएको बताउनुभयो । कुनै पनि संरक्षण विहीन बालबालिकाको पहिलो संरक्षणको जिम्मा राज्यको हुने भएकाले राज्यलेनै आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभयो । मानव सर्वश्रेष्ठ प्राणी भएकाले पनि कठिन परिस्थितीमा रहेकालाई सहयोग गरेर अगाडि बढ्नु मानवीय कर्तव्य भएको उहाँको भनाइ थियो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा आवद्ध महिलाको क्षमता अभिवृद्धि र व्यवसायिक पहिचान स्थापित गर्दै अगाडि बढेको संस्था सामाजिक सेवामा समेत उत्तिकै सक्रिय रहेको बताउनुभयो । उहाँले मानव सेवानै ठूलो धर्म भएकाले अभिभावक विहीन बालबालिकाको साथमा स्थापना दिवस मनाउन आएको बताउनुभयो । बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यबाट संकलित रकमबाट सहयोग सामाग्री हस्तान्तरण गरेको उहाँको भनाइ थियो । पराजुलीले आगामी दिनमा पनि संस्थाले सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीले पोखरा देखि आश्रय लिएका छोराछोरीलाई सम्झेर सहयोग गर्न आएकोमा महिला पर्यटन व्यवसायीको टोलीलाई धन्यवाद दिनुभयो । उहाँले २०६८सालमा स्थापना भएको जिल्लाको एक मात्र बालगृह भएकोले स्थानीय तहले सहयोग गरे बाहिरी सहयोगको जरुरी नपर्ने उहाँको भनाइ थियो । चार आनामा निर्मित साढे दुई तले पक्कि भवनमा अहिले चार वर्ष देखि १६ वर्ष सम्मको २३ जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । विदेशी सहयोग विना आफ्नै नेपाली नागरिकको पवित्र सेवाले संस्थालाइ चल्दै आएको बताउनुभयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको संस्थाले यसवर्ष अनाथ र असहाय बालबालिकाको साथ सहयोग सामाग्री लिएर कार्यसमिति सहित १८ जनाको टोली बालगृह पुगेको संस्थाका उपाध्यक्ष एवं संयोजक पार्वती पाण्डेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका