Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी तिब्र

विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी तिब्र

विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी तिब्र

हेमजा, २९ साउन। पोखरा–२५,हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा गर्न लागेका विभिन्न प्रतियोगिताको तयारीलाई तिब्रता दिएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिजगीत प्रतियोगिता गर्न लागेको हो । जसअनुसार हरीतालिकाको दिन भदौ १६ गते तिजगीत प्रतियोगिता तथा भदौ १७ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता गर्नेे तयारी गरिएको छ ।

यतिवेला प्रचारप्रसार र मैदान व्यवस्थापनको कार्यलाई तीब्रता दिइएको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।यसअघि फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा तथा तिजगीत सम्पन्न गर्न सिर्जना सापकोटाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरि सकिएको छ। फुटबलतर्फ प्रथम हुने समूहलाई रु.१ लाख २१ हजार १ सय ११, द्वितिय हुने समूहलाई रु.७१ हजार १ सय ११ पुरस्कार दिइने भएको छ ।त्यस्तै सेमिफाइनलमा पुग्ने दुई समूहलाई १० हजार, सर्वोत्कृष्ठ खेलाडी तथा फेयर प्लेयरलाई रु.५ हजार तथा अन्य पाँच विद्यामा पुरस्कार दिइने छ ।

खुल्ला तिजगीततर्फ प्रथम हुने समूहलाई रु.२१ हजार १ सय ११, द्वितिय समूहलाई रु.१५ हजार ५ सय ५५, तृतीयलाई ७ हजार ७ सय ७७, सान्त्वना दुई समूहलाई ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ठ स्वर, भेषभुषा र नृत्यलाई समान दुई हजार पाँच सय पुरस्कार दिइने तिजगीत संयोजक सिर्जना सापकोटाले बताइन् । स्थानीय महिला दिदीबहिनीहरुको प्रतिभालाई प्रस्फुटन गराउन र नेपाली संस्कृतिलाई जोगाई राख्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो । त्यस्तै घैटो फुटाई, रस्साकस्सी र बल छिराउने प्रतियोगिताका साथसाथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले बताएका छन् । त्यस्तै हेमजामा रहेका आमा समूह मध्येबाट सामाजिक कार्य सम्पादनको आधारमा तिन उत्कृष्ट समूहलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । जसका लागि यही भदौं १० गतेसम्म त्यसको विवरण उपलब्ध गराइसक्नुपर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका