Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिषा

राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिषा

राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिषा

काठमाडौं, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको छ। आज बिहान अन्तरवार्ताका लागी महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपले भिषा नपाएपछि ट्विट गर्दै भनेका छन् “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु ।

सन्दिपले भनेका छन् ‘राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ ।’ सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीका लागी अमेरिका जान भिषाका लागी दुतावास पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका