Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • शीतलनगर टोल १४ को अध्यक्षमा भरतराज, आमा समूहमा गंगा शर्मा चयन

शीतलनगर टोल १४ को अध्यक्षमा भरतराज, आमा समूहमा गंगा शर्मा चयन

शीतलनगर टोल  १४ को अध्यक्षमा भरतराज, आमा समूहमा गंगा शर्मा चयन

पोखरा, २८ साउन । शीतलनगर टोल विकास संस्था पोखरा १४ को अध्यक्षमा भरतराज कार्की चयन भएका छन् । शनिबार सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सुशील रेग्मी, सचिवमा सुमित्रा अधिकारी घिमिरे, कोषाध्यक्षमा नरेन्द्रबाबु घिमिरे चयन भएका छन् । सदस्यहरुमा हर्कबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, खेमराज न्यौपाने, तुलबहादुर गुरुङ, अञ्जु कार्की, रिमा वि.क. र कृष्णमाया गिरी छन् ।

शीतल नगर आमा समूहमा गंगा यसैबीच, शीतलनगर आमा समूहको अध्यक्षमा गंगा शर्मा केसी चयन भएकी छन् । शनिबार नै सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समूहको उपाध्यक्षमा कमला गिरी, सचिवमा कविता कार्की, सहसचिवमा मधुमाया लामिछाने, कोषाध्यक्षमा सुशीला बानियाँ खत्री, सहकोषाध्यक्षमा तारा थापा चयन भएका छन् । सदस्यहरुमा कल्पना न्यौपाने, अमिता गुरुङ, संगीता अधिकारी, सपना गुरुङ, दुर्गा ठकुरी गुरुङ चयन भए । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका