Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • अबको सभापति रामचन्द्र पौडेल: शिव पाण्डे

अबको सभापति रामचन्द्र पौडेल: शिव पाण्डे

अबको सभापति रामचन्द्र पौडेल: शिव पाण्डे

नेपाल बिद्यार्थी संघका नेता शिव पाण्डेले अबको नेतृत्व रामचन्द्र पौडेललाई दिनुपर्ने बताएका छन् । नेपाल बिद्यार्थी संघ ५ नम्बर प्रदेशका नेविसंघको काठमाडौंमा भएको छलफल तथा अन्तक्रिर्या कार्यक्रममा पाण्डेले उक्त कुरा बताएका हुन् ।

पाण्डेको संयोजकत्वमा छलफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पाण्डेले शेरबहादुरको नेतृत्व कमजोरी,चुनावमा बेहोरेको हार,भातृ संगठनको विजोग र नेकपाको ज्यादत्ती बिरुद्ध जाई लाग्न नसकेको भन्दै पार्टी सभापतिको आलोचना गर्नुभयो।सेरबहादुर देउवाको विकल्पमा आम नेपाली काङ्ग्रेस समर्थकले रामचन्द्र पौडेलको नेतृत्व चाहेको पनि बताए।

साथै उनले अब नेपाली काङ्ग्रेसले नयाँ नेतृत्वको विकल्प खोजिरहेको र त्यो नेतृत्व रामचन्द्र पौडेलले मात्रै लिन सक्ने बताएका थिए।पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा प्रदेश न ५ का थुप्रै कार्यकर्ता तथा बिद्यार्थी नेताको उपस्थित रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका