त्रिशुली दुर्घटनामा एकै परिवारका ६ जना वेपत्ता,अझै फेला परेका छैनन् बेपत्ता यात्रुहरु – Samacharpati
Home | About Us | Contact | Unicode |

त्रिशुली दुर्घटनामा एकै परिवारका ६ जना वेपत्ता,अझै फेला परेका छैनन् बेपत्ता यात्रुहरु

धादिङ, २६ साउन । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको बसमा सवार यात्रुहरु अझै पनि फेला परेका छैनन् । बस राति करिब पौने तीन बजे खोला खसेको स्थानीयले बताएका छन् । दुर्घटना पनि एकै परिवारका ६ जना वेपत्ता परेका छन् । बाबुआमा सहित उनीको ४ जना छोरीहरुको शब अझै भेटिएको छैन । वेपत्ता हुनेमा सर्लाहीका दिलिप दास, उनी श्रीमती गिता भनिने रितादेवी दास र छोरीहरु अन्सु कुमारी दास, रुसी दास, प्रीती दास र प्रियल दास रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित