भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको उपचारको क्रममा निधन – Samacharpati
Home | About Us | Contact | Unicode |

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको उपचारको क्रममा निधन

काठमाण्डौ, २२ साउन । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको गएराती दिल्लीको एम्स अस्पतालमा निधन भएको बताइएको छ । मुटुसम्बन्धी समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव जितेको उनी सात पटक सांसद भएकी थिइन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले श्रद्धान्जली दिएका छन् । स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतिय मिडियाले जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित