Samacharpati
शनिबार, फाल्गुन १७, २०७६

हालको खबर

  • होमपेज
  • अन्तराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै

अन्तराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै

अन्तराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै

लमजुङ, २२ साउन । अन्तराष्ट्रिय युवा दिवस लमजुङमा साताव्यापी रुपमा मनाइदैछ । ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवद्र्धन’ भन्ने नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन लागीएको हो । मंगलबार जिल्ला युवा समिति लमजुङले पत्रकार अन्तरक्रिया कार्यक्रम गरी उक्त कार्यक्रमबारे जानकारी गराएको हो । जिल्ला युवा समिति लमजुङका अध्यक्ष बिवश बुढाथोकीले युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाउन लागिएको बताए । बुढाथोकीका अनुसार साउन २१ गतेबाट २८ गतेसम्म विभिन्न कार्यक्रम गरि दिवस मनाइदैछ । २१ गते देउराली स्काई क्लब र जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति (कोपाडेस) को संयोजनमा भोटेओडारमा बालविबाह सडक नाटक प्रस्तुत गरिएको छ ।

त्यस्तै साउन २२ गते बुधबार क्रियाटिभ र भोटेओडर स्काई क्लब साथै कोपाडेसको आयोजनामा जिल्ला कारगारका कैदबन्दीलाई खेल सामाग्री वितरण र महिला हिंसा विरुद्ध सचेतनामुलक र्यालि निकालिने भएको छ । साउन २३ गते लाईन्स क्लब र जेसीआईको संयोजनामा बेंसीशहर बजार सरसफाई कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बुढाथोकीले बताए । साउन २४ गते बेंसीशहर नगर युवा सञ्जाल र रोट्रयाक्ट क्लब अफ लमजुङको आयोजना ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडी) र ग्लोबल एक्सनको आर्थिक सहयोगमा बालबिवाह बालश्रम अन्त्यका लागि युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । साउन २५ गते सुन्दरबजारमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रम अनेरास्ववियु, सामुदायिक रुपान्तरणका लागि युवा नेपाल, क्रियाटिभ युथ सोसाइटीको संयोजनामा हुनेछ । यस्तै सोही दिन नृत्य प्रतियोगिता, लोकेशन म्याप र विश्राम बेन्च स्थापना कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रम कोपाडेसको सहयोग तथा अकला, उज्यालो र लमजुङ स्काई क्लबको संयोजनमा हुनेछ । साउन २६ गते राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र बेंसीसहर नगरपालिका नगरपालिकामा ‘शिक्षामा रुपान्तरण र प्राविधिक शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम’ आयोजना गरिने छ । कार्यक्रममा सर्वोदय सेवाश्रम, भिएसओ र लायन्स क्लब अफ लमजुङको संयोजनमा हुने कोपाडेसका युवा विकास कार्यक्रमका संयोजक विष्णु चिलवालले बताए । यस्तै साउन २७ गते अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मनाङे चौताराबाट बृहत युवा ¥याली तथा प्रभातफेरी गरी उत्प्रेरणामुलक कार्यक्रम गरिने भएको छ । युवालाई शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको ग्यारेण्टी, पिछडिएको समुदायका युवाहरुलाई विशेष संरक्षण र विज्ञानप्रविधि र खोज अनुसन्धानमा युवा शक्तिलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको संयोजक चिलवाल बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका