Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • फरक कन्सेप्टमा ‘मिस तिज सारी क्विन’ फोटो कन्टेस्ट हुँदै, फारम २३ गतेसम्म खुल्ला

फरक कन्सेप्टमा ‘मिस तिज सारी क्विन’ फोटो कन्टेस्ट हुँदै, फारम २३ गतेसम्म खुल्ला

फरक कन्सेप्टमा ‘मिस तिज सारी क्विन’ फोटो कन्टेस्ट हुँदै, फारम २३ गतेसम्म खुल्ला

ईटहरी, १९ साउन । हिन्दु नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको तिज नजिकिदै छ । यसैलाई मध्यनजर गरेर विभिन्न कार्यक्रम, ब्युटी प्याजेन्ट तथा फोटो कन्टेस्टहरु यतिबेला धमाधम भैरहेको छ । यस्तैमा तिजलाई लक्षित गरेर एक फरक कन्सेप्टमा फोटो कन्टेस्ट हुने भएको छ । ‘मिस तिज सारी’ क्विन २०१९ नाम दिइएको सो कन्टेस्टको लागि फारम भर्नुपर्ने छ । शोको पूरा जानकारी तलको लिन्कमा दिइएको छ ।

परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनको आयोजनामा भएको यो कन्टेस्टमा सहभागिले फारम भरेपछी फोटोसुट र सहभागी सबैको छुट्टाछुट्टै ३ देखि ४ मिनेट सम्मको बायोग्राफी भिडियो निर्माण गरिनेछ । जुन फोटोलाई डिथ्री फोटोग्राफी फेसबुक पेज र भिडियोलाई सोही पेज तथा डिथ्री टिभी युट्युब च्यानल बाट सार्बजनिक गरिनेछ । सार्बजनिक तस्वीरको लाईक शेयर र भिडियोको भ्युजको आधारमा बिजेता घोषणा गरिनेछ ।

भ्युज, शेयर र लाईकको आधारमा बिजेता हुने प्रथमले विभिन्न गिफ्ट सहित नगद ५ हजार, दोश्रो हुनेले नगद ४ हजार र तेस्रो हुनेले नगद ३ हजार प्राप्त गर्नेछ भने सहभागीहरुलाई अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीको तर्फबाट फुल स्कलर्सिप र अस्ट्रेलिया पढ्न जान चाहेमा १ लाख सम्मको सुबिधा प्राप्त गर्ने छ । यो कन्टेस्टमा सहभागी हुनको लागि जम्मा २ हजार मात्र शुल्क लाग्ने छ भने यो बाहेक अतिरिक्त शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा सारी लगाएर सहभागीहरुले र्याम्प वाल्क पनि गर्नेछन् ।

तिजलाई लक्षित गरिएको भएर सारी लगाएर फोटोसुट गरिनेछ भने फाईनल एक साङितिक कार्यक्रम आयोजना गरि पुरस्कार बितरण गरिनेछ । यस्तै बिजेता संगै बेस्ट फोटोजेनिक अवार्ड र अर्गनाइज च्वाईस अवार्ड पनि सो फाईनल कार्यक्रममा बितरण गरिने भएको छ । सहभागीहरुको लागि फारम साउन २३ गतेसम्म खुल्ला गरिएको छ भने साउन २५ गते फोटोसुट र बायोग्राफी भिडियो निर्माण गरिनेछ । र २७ गते पेजमा फोटो सार्बजनिक गरिने र साउन ३१ गते बायोग्राफी भिडियो पेज तथा युट्युब च्यानलमा सार्बजनिक गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका