Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • पारा तेक्वान्दो टोलीको जापानमा प्रशिक्षण

पारा तेक्वान्दो टोलीको जापानमा प्रशिक्षण

पारा तेक्वान्दो टोलीको जापानमा प्रशिक्षण

काठमाडौँ, १९  साउन  । अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ । जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो । मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको हो । नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका लागि जापान जाने खेलाडीहरुमा पलेसा गोवद्र्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन् । यस्तै प्रशिक्षकमा कविराज नेगी लामा, व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन् । नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्ने छ ।

नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । संघका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङ र पारा तेक्वान्दो कमिटीका अध्यक्ष काशिममियाँ धोबीले सातदोबाटोमा बिदाइ गरेका थिए। आइतबार जापान जाने नेपाली टोलीले अगष्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्ने छ । नेपाल तेक्वान्दो संघसँग भएको सम्झौता अनुसार नेपाली पारा खेलाडीले जापानमा दुई चरणमा प्रशिक्षण गर्ने छन् । नेपाली टोली पहिलो चरणको प्रशिक्षणका लागि जापान जान लागेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका