लब्लीडाँडामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण – Samacharpati
Home | About Us | Contact | Unicode |

लब्लीडाँडामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

पोखरा, १७ साउन । सिद्धार्थ बैंकले पोखराको सराङ्कोट स्थित लब्ली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व सँगसँगै सरकारले ल्याएको एक कर्मचारी एक फलफुलका बोट रोपण राष्ट्रिय विभूति सहिद पार्क मेत्लाङमा सिद्धार्थ बैंकले शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

पोखरा शाखाका शाखा प्रबन्धक सुरज कुमार जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाअध्यक्ष रणबहादुर थापा, अतिथिको रुपमा गण्डकी प्रदेशका एनजीओ फेडरेजनका उपाध्यक्ष गोपाल खड्का, त्यसैगरी पूर्व जनप्रतिनिधि एवम समाजसेवी शिव प्रशाद कोइराला रहेका थिए ।

गण्डकी प्रदेश अन्तर्गत पर्ने शाखाका शाखा प्रमुख लगाएत बैंकका कर्मचारीहरुको संलग्नतामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा फलफुलका विरुवाहरु १०० वटा रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा पस्याङ्ग शाखाका प्रबन्धक अनिरुद्र बरालले सञ्चालन गरेका थिए । बैंकले एक कर्मचारी एक रुख रोपण अभियानका साथमा देशैभर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । बैंकले आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु गर्दै जाने बताएको छ ।

बैंकले देशभर १ सय ६० वटा शाखा ४ एक्स्टेन्सन् काउन्टर सहित, सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् आफ्ना ग्राहकहरुलाई उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित