Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँच मा ६६३ लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँच मा ६६३ लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको आँखा जाँच मा ६६३ लाभान्वित

पोखरा १७ साउन । रोटरी क्लव अफ पोखरा न्युरोडले खैरेनीटारको खैरेनी मा बिमा आँखा जाच कार्यक्रम गरेको छ ।

क्लबको बार्षिक कार्ययोजना अनुरुप तेस्रो पटक आज कक्षा नर्सरी देखी ८ कक्षा सम्मका विद्यार्थीहरुको आँखा जाँच गरेको हो । कार्यक्रमका संयोजक दिपेन्द्र शर्माका अनुसार आज दुई जना डक्टर सहित पाँज जनाको समुहले कक्षा ८ सम्मका विद्यार्थीको आँखा जाँच गरिएको हो ।

मनिपाल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न आँखा जाँच कार्यक्रममा ४१ जनाको आँखामा सामान्य समस्या देखिएको र २ जानको अपरेसन गर्नु पर्नपर्ने समस्या देखिएको कार्यक्रमक संयोजक शर्माले जानकारी दिए । उनले भने–“आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई अपरेसन सहित आवस्यक पर्ने सवै खर्च रोटरी क्लव अफ पोखरा न्युरोड र मनिपाल अस्पतालले गर्ने छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका