Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • पोखरामा एक्सेस एजुकेशन नेटवर्कले न्युजल्याण्ड एड्मिसन सेसन गर्ने

पोखरामा एक्सेस एजुकेशन नेटवर्कले न्युजल्याण्ड एड्मिसन सेसन गर्ने

पोखरामा एक्सेस एजुकेशन नेटवर्कले  न्युजल्याण्ड एड्मिसन सेसन गर्ने

पोखरा, १७ साउन । एक्सेस एजुकेशन नेटवर्कले यहि श्रावण २६ गते आईतबार न्युजिल्याण्ड पढ्न जान चाहने विद्यार्थीहरुका लागि लक्षित गरेर न्युजिल्याण्ड एड्मिसन सेसन संचालन गर्ने भएको छ ।

सेसन एक्सेसको कार्यालय रहेको शिद्धार्थ चोक स्थित रुपाकोट कम्प्लेक्सको दोश्रो र तेश्रो तलामा संचालन आयोजकले जानकारी दिएका हुन् । विहान १० देखि बेलुका ४ बजे सम्म चल्ने सेसन न्यूजिल्याण्ड सरकारले पहिलो र दोश्रो क्याटागोरीमा वर्गिकरण गरेका १० भन्दा बढी सरकारी तथा निजी कलेजका प्रतिनिधीहरुको प्रत्यक्ष सहभागिमा संचालन हुने छ ।

बिगत १४ बर्ष देखि बैदेशिक अध्ययनका लागि जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको एक्सिसले पछिल्ला समयम न्युजिल्याण्डलाई प्रमुख गन्तब्यका रुपमा बिद्यार्थीलाई सेवा दिदै आएको हो । सेसनमा स्पोट एसिस्मेन्ट (न्युजिल्याण्ड अध्ययनका लागि योग्य छ कि छैन भन्ने बिषयमा ) सम्बन्धित कलेजका प्रतिनिधीले तत्कालै जानकारी दिने छन् । न्युजिल्याण्ड अध्यनमा जानका लागि आईईएलटिएसमा ५ दशमलब ५ र कुनै पनि विश्वबिद्यालयबाट ४० प्रतिसत भन्दा माथी अंक ल्याएर उत्रिण भएको हुनु पर्ने एक्सेस एजुकेशन नेटवर्क पोखरा शाखाका प्रबन्ध निर्देशक राजन भण्डारीले जानकारी दिए ।

अष्ट्रेलिया र अन्य यूरोपेली मुलकमा अध्ययनका लागि जान समस्या हँुदै गएको पछिल्लो अवस्थाले गर्दा पनि न्युजिल्याण्डमा बिद्यार्थीको आकर्षण बढेको एक्सिस पोखरा शाखा प्रमुख भण्डारीले जानकारी दिए । उनले भने–“न्युजिल्याण्ड सरकारले सन् २०१८ को नोभेम्बर देखि पढाई पछाडी काम गर्न पाउने समय थप गरि अधिकतम तीन बर्ष बनाएका कारण पनि न्यूजिल्याण्डमा विद्यार्थीको आकर्षण बढी छ ।”

दश जोड दुई पछिका बिद्यार्थीहरुलाई बिशेष प्राथमिकतामा राखेर संचालन गरिएको सो सेसनमा सहभागि जनाउने प्रत्येक सहभगिलाई हात खाली नजाने विशेष उपहारको ब्यवस्था पनि गरिएको एक्सेसका निर्देशक बिजय अधिकारी ले जानकारी दिए । उनले भने–“हामीले विद्यार्थीका लागि आवस्यक पर्ने सेवा सहित उनिहरुको उज्जल भविश्यको कामना गर्दै विशेष उपहारहरुको पनि ब्यबस्था गरेका छौं ।”

पछिल्लो समयमा बैकिङ प्रकृया र शैक्षिक ऋणको लागि आवस्यक पर्ने डकुमेण्टको अभाबमा कतिपय बिद्यार्थीहरुको भिषा रिजेक्ट हुने गरेको छ । निर्देशक अधिकारीले भने –“हामीले बैकिङ प्रकृयामा कुनै पनि समस्या नआओस भनेर न्युजिल्याण्ड सेसनमा नबिल बैकको स्टलनै राखेर आबस्यक जानकारी दिने ब्यवस्था समेत गरेका छौं ।”

बिगत ७ बर्ष देखी पोखरामा शैक्षिक अध्ययनका लागि सेवा दिदै आएको एक्सेसले न्युजिल्याण्डका लागि नर्सिङ, ईन्जिनियरिङ, कृषि, होटल म्यानेज्मेण्ट, बैकिङ लगाएत एक सय भन्दा बढी बिषयमा अध्ययन गर्न चाहनेहरुलाई शैक्षिक परामर्श दिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका