Samacharpati
शनिबार, फाल्गुन १०, २०७६
  • होमपेज
  • छवी–शिल्पाको विहे दर्ता गर्ने सचिवको मृत्यु प्रकरणः कानुनविद् कार्कीले खोले यस्तो रहस्य

छवी–शिल्पाको विहे दर्ता गर्ने सचिवको मृत्यु प्रकरणः कानुनविद् कार्कीले खोले यस्तो रहस्य

छवी–शिल्पाको विहे दर्ता गर्ने सचिवको मृत्यु प्रकरणः कानुनविद् कार्कीले खोले यस्तो रहस्य

काठमाडौं, १६ साउन । निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल बीचको विवादमा नयाँ नयाँ ट्वीस्ट थपिने क्रम रोकिएको छैन । छवी–शिल्पाको घरायसी विवाद डिभोर्ससम्म पुगेपछि नयाँ नया घटना थपिने क्रम बढेको हो । छवी शिल्पाको डिभोर्स फाईल शिल्पाले अघि बढाएकै बेला छवीकी जेठी श्रीमती हेमा ओझाको ‘इन्ट्री’ ले घटनालाई थप रोमाञ्चक बनाएको थियो । हेमाले छवी शिल्पाविरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएपछि घटनाको मोड बदलिएको थियो । हेमाले त्यति मात्रै गरिनन् कानुन व्यवसायीको सहयोगमा छवी–शिल्पाको विहे दर्ता गर्ने काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा सचिव ओमप्रकाश पौडेलविरुद्ध अख्तियारमा उजुरी समेत दर्ता गराईन् । उनले वडा सचिव पौडेलले जालसाजी गरेर छवी–शिल्पाको विहे दर्ता गरिदिएको अभियोगमा अख्तियारमा उजुरी दर्ता गरेको बुझिएको छ ।

त्यही समयमा विभिन्न मिडियाले सचिव पौडेलसँग अन्तरवार्ता समेत लिन पुगे । आफूमाथि अख्तियारमा उजुुरी परेपछि मिडियामा अन्तरवार्ता दिदाँ सचिव पौडेल विक्षिप्त जस्तै देखिन्थे । उनीमाथि पत्रकारले प्रहरीले केरकार गरे जस्तै गरी प्रश्न सोधेको देखिन्छ । त्यसपछि सचिव पौडेलको हृदयघातका कारण मृत्यु भयो भन्ने खबर सार्वजनिक भए । उनको मृत्यु रहस्यमयी भएको कुराहरु समेत सार्वजनिक भैरहेका छन् । दिवंगत सचिव पौडेलको मृत्युुको विषयमा बोल्दै कानुनविद् तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले कानुन व्यवसायी र पत्रकार दुुबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताए ।

उनले सुत्र टिभीसँग कुरा गर्दै कानुन व्यवसायी र पत्रकारले आफ्नो सीमा नाघेर हर्कत गरे उनीहरुले पनि कारबाही भोग्नुपर्ने बताए । उनले विहे दर्ता गरेको सचिवलाई अख्तियारको तरबार देखाएर कानुनविद्ले उजुरी दिनुु र पत्रकारले प्रहरीको केरकार जसरी प्रश्न सोध्नु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । कानुनविद् कार्कीका अनुसार प्रमाण पूरा गरेर विहे दर्ता गरेको सचिवलाई अख्तियारमा उजुरी दिनुर पत्रकारले त्यसरी प्रश्न सोध्नु पनि मृत्युको कारक हुनसक्ने आशंका गरे । उनले कसरी मृत्यु भयो त्यो त अनुसन्धानले खुल्ला भन्दै कानुनविद् र पत्रकारको कारण पनि ‘हर्ट अट्याक’ हुनसक्ने आशंका समेत गरे । कानुनविद् कार्कीले अख्तियारको अनुसन्धान गर्ने शैलिप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका