Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • सामाजिक सद्भावलाई कमजोर पार्ने षडयन्त्र

सामाजिक सद्भावलाई कमजोर पार्ने षडयन्त्र

सामाजिक सद्भावलाई कमजोर पार्ने षडयन्त्र

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जात र धर्मका नाममा सामाजिक सद्भावलाई कमजोर पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । कवि लेखनाथ ज्ञवालीको नवौं स्मृति दिवसका अवसरमा शनिबार प्रज्ञा प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो सामाजिक सञ्जालमा जात, धर्म र समूदायका नाममा नाममा सामाजिक सद्भावलाई कमजोर पार्ने षडयन्त्र भइरहेको भन्दै सवै सचेत रहनुपर्ने बताउनुभयो । उहाले राज्यसंगका लडाइलाई बहाना बनाइ सामाजमा असन्तुलन ल्याउने गतिविधी कसैले गर्न नहुने धारणा राख्नुभयो । उहाले समृद्ध नेपालको जनताको सपनालाई साकार तुल्याउन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । नेपाल बन्दैन भन्ने मनोविज्ञानलाई हटाई मुलुकमै केहि गर्नका लागी युवाहरु प्रेरित हुनुपर्ने उहाको भनाई छ । उहाले नेपालका मौलिक सिर्जनालाई जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कवि लेखनाथ ज्ञवालीको स्मृतिग्रन्थ बिमोचन गरिएको थियो भने केहि श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका