Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • सिस्टमले धोका दिएपछि वडामा समस्या

सिस्टमले धोका दिएपछि वडामा समस्या

  • रासस
  • शुक्रबार, साउन १०, २०७६
सिस्टमले धोका दिएपछि वडामा समस्या

वडामा कम्प्युटर सिस्टमले काम नगरेपछि पोखरा–२५ हेमजाका व्यवसायी मर्कामा परेका छन्।उनीहरुले पान नं. लिन आफूहरुलाई समस्या परेको बताएका छन् । हेमजा जैसीचौर स्थित मुना किराना पसलकी संचालक मुना पौडेलले पान नं.का लागि शुक्रवारसम्म आफु लगातार तिन दिन वडा कार्यालय धाएको तर काम पुरा नभएको बताइन्।दुई दिन लगाएर तिरो तिर्ने काम भयो तर तिन दिनको दिन शुक्रवार सिस्टमले काम नगरेको भन्दै घर फर्कनु प¥योः उनले गुनासो गरेकी छन् । घर नजिकैको वडा कार्यालयमा त यति लामो समय लाग्यो भने घरेलु तथा आन्तरिक राजश्व कार्यालयमा थप कति दिन लाग्ने हो ? भन्दै उनीले चिन्ता समेत प्रकट गरेकी छन्। उनी त प्रतिनिधी पात्र मात्रै हुन् ।साउन यता पान नं.कै लागि सिफारिस लिन वडा कार्यालयमा दैनिक २० देखि २५ व्यवसायी जाने गरेका छन् ।त्यस्तै जग्गाको तिरो तिर्न ४० देखि ५० को हाराहारीमा स्थानीय आउने गरेपनि सेवा प्रभावकारी दिन नसकेको वडाध्यक्ष शोभाकर तिम्सिनाले स्वीकारेका छन् । अध्यक्ष तिम्सिनाले सिस्टमले काम नगरेका कारण वडामा यतिवेला ठुलै समस्या आएको बताए। सिस्टम सहज भएको खण्डमा एकै दिन सय बढी सेवाग्राहीको काम गर्ने प्रतिबद्घता पनि उनले जनाएका छन् ।उनले महानगरले पसल रहेको घरलाई पनि करको दायरामा ल्याउन खोज्दा बढी भिडभाड भएको प्रतिक्रिया दिएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका