Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • कानूनलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिनुस्

कानूनलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिनुस्

  • रासस
  • शुक्रबार, साउन १०, २०७६
कानूनलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिनुस्

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अनुशासित र जिम्मेवार बनाउने हेतुले ल्याउन लागिएको कानूनलाई समयानुकुल बनाउन आवश्यक सुझाव दिन आग्रह गर्नुभएको छ । सिंहदरबारमा शुक्रबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती ऐनको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा सदस्यले उठाउनुभएको जिज्ञासामा उहाँले अनुशासनमा देखिएको कमीलाई दोहोरिन नदिन कडाइका साथ अघि जाने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँनुभयो । दण्ड दिने पदाधिकारीको दण्डमाथि पनि पुनरावलोकनको व्यवस्थापन ऐनमा गर्नुपर्ने उहाको भनाई छ । उहाँले ऐनलाई चुस्त र कर्मचारीलाई अनुशासित बनाउने तथा अनुशासन तोड्नेलाई निरुत्साहित तुल्याउने, बेलामा सजाय नगर्नेलाई पनि दण्डित गर्ने विषय कानूनमै व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो । बैठकमा सांसदले राष्ट्रसेवक कर्मचारीको कार्यमूल्याङ्कनका आधारमा पदोन्नति हुने तथा जनताको काममा अनुचित ढङ्गबाट ढिला सुस्ती गर्नेलाई तत्कालै कारवाहीको दायरामा ल्याउने गरी कानून बनाउनुपर्नेमा जोड दिएका थिए । समितिले सङ्घीय निजामती ऐनको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बैठकमा भएको सैद्धान्तिक सहमतिलाई मिलाएर ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशान मन्त्रालयलाई निर्देशन दिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका