Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • १४ वटा भारतीय सवारी नियन्त्रणमा

१४ वटा भारतीय सवारी नियन्त्रणमा

१४ वटा भारतीय सवारी नियन्त्रणमा

वीरगञ्ज, १० साउन । पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लु बीडी ९६८८ र पी बी२२एन १५२७ नम्बरका दुईवटा भारतीय गाडीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजश्व छली गरी भारतिय नम्बरका सवारीसाधनहरु वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा चलाई आइरहेको छन् भन्ने सूचनाका आधारमा ती सवारीलाई नियन्त्रणमा लिइएको दावी प्रहरीको छ । प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर जेठको मध्यतिर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख भएर आएपछि भारतीय सवारीमा कडाई गर्न थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका