Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • भदौंको अन्तिम साता मोदिले चार दिने नेपाल भ्रमण गर्ने

भदौंको अन्तिम साता मोदिले चार दिने नेपाल भ्रमण गर्ने

  • रासस
  • शुक्रबार, साउन १०, २०७६
भदौंको अन्तिम साता मोदिले चार दिने नेपाल भ्रमण गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका