Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • विजयपुरको बेलिब्रिज भोलीदेखी संचालन हुने सम्भावना बलियो

विजयपुरको बेलिब्रिज भोलीदेखी संचालन हुने सम्भावना बलियो

विजयपुरको बेलिब्रिज भोलीदेखी संचालन हुने सम्भावना बलियो

पोखरा प्रवेशको मुख्यद्धार विजयपुर खोलामा निर्माण गरिएको बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर खोलामा १० टन भन्दा धेरै भार क्षमताका लोडेड गाडीहरु आवातजावतका लागी छुट्टै बेलिब्रिज निर्माण गरिएको हो ।


भोली साँझसम्म बेलिब्रिज सञ्चालनमा आउने अधिकारीहरुले बताएका छन् । विजयपुर खोलामा आज भन्दा १० वर्ष पहिले निर्माण गरिएको स्टिल ब्रिज जीर्ण बनेपछि त्यसको विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो । तर, बेलीव्रिजको आयु तत्कालका लागी ५ बर्षसम्मको हुने विज्ञहरुले तर्क गरेका छन् । विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको रहेको छ । पुलको भारबहन क्षमता भने ७० टन हुनेछ । बेलिब्रिज सगरमाथा—जेजे (जेभी)ले निर्माण गरेको हो ।


विजयपुर खोला पुलमा समस्या आएपछि ठुला भार क्षमताका गाडीहरुका लागी निर्माण गरिएको डाईभर्सन तिन पटक सम्म खोलाले बगाएको छ । तर, अहिले प्राविधिकहरुको सुझाव अनुसार ३५ टनसम्म भारक्षमताका लोडेड गाडीहरु पुरानै पुलबाट आवतजावत गराईएको छ ।

Pic-shuvanews

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका