Samacharpati
बिहीबार, फाल्गुन १५, २०७६
  • होमपेज
  • पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोगको अपेक्षा

पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोगको अपेक्षा

पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोगको अपेक्षा

बर्हिगमित जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुको माग पुरा नभए माओवादीका तत्कालिन नेताहरुलाई द्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पु¥याउने चेतावनी समेत दिएका छन् । पत्रकार सम्मेलनमा बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न माग गर्नुभयो । आफूहरुको माग जायज भएकाले पूरा नभए अन्तर्राष्ट्रिय फौजदारी अदालत द हेगमा उजूरीका लागि जान वाध्य हुने उहाले चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा बर्हिगमित जनमुक्ति सेनाका उपाध्यक्ष राजन थापाले शान्ति प्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्ति प्रक्रिया पूरा भएको भ्रम फैलाइएको बताउनुभयो । कार्यक्रममा बर्हिगमित जनमुक्ति सेना नेपालको केन्द्रीय संघर्ष समितिका विभिन्न समूहहरुबीच एकता पनि गरिएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका