Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • यती एअरलाइन्सको पोखराबाट भरतपुर र भैरहवा उडान

यती एअरलाइन्सको पोखराबाट भरतपुर र भैरहवा उडान

यती एअरलाइन्सको पोखराबाट भरतपुर र भैरहवा उडान

यती एअरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरका लागि हवाई उडान गर्ने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पर्यटकहरुको माग अनुसार यही साउन १६ देखि पोखराबाट भैरहवाको लागि सिधा हवाई उडान सेवा सुरु गरिने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । एअरलाइन्सले ३० सिट क्षमता भएको जेटस्ट्रिम – ४१ विमानमार्फत भैरहवा र भरतपुरका लागि उडान भर्ने भएको छ भने अन्नपूर्ण एक्सप्रेस माउन्टेन फ्लाइट समेत सुरु गर्ने भएको एअरलाइन्सका प्रवक्ता भिम राइले बताए । उनका अनुसार १५ भदौदेखि पोखरा भरतपुर र २९ भदौदेखि माउन्टेन फ्लाइटको उडान हुनेछ । यतीले पोखरा देखि भैरहवाका लागि अधिकतम ४ हजार ३ सय ५०, भरतपुरको लागि अधिकतम ३ हजार ८ सय शुल्क निर्धारण गरेको उनले जनाए । आधा घण्टाको माउण्टेन फ्लाइटका लागि ८ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । सन्, १९९८ देखि सञ्चालनमा आएको यतीका अहिले पाँच वटा एटिआर ७५ – ५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्विन टर्बोे प्रप विमान सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर उडान भर्दै आएको यती नेपालकै ठुलो हवाई सञ्जाल भएको एअरलाइन्स भएको कम्पनीको दाबी छ ।

यतीको भगिनी सम्बन्ध भएको एअरलाइन्स तारा एअरले पनि ४ वटा ट्विन अटर र दुई वटा डोर्नियर डिओ २२८ बाट जोमसोम, लुक्ला, सिमीकोट, जुम्ला र रारा लगायतका विकट ठाउँमा पनि उडान भर्दै आएको छ । यती एअरलाइन्स सम्भवत दक्षिण एसियाकै पहिलो ‘कार्बन – न्युट्रल एअरलान्स भएको कम्पनीले जनाएको छ । नेपालगञ्जका लागि भने मागअनुसार उडान भर्ने छ । पर्यटकले धौलागिरी, माछापुच्छ«्रे, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर माउन्टेन फ्लाइट सुरु गरेको उनले सुुनाए । उनले भने “पर्यटकहरुले धौलागिरी, माछापच्छ«े, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाको दृश्यावलोकनको लागि मज्जा लिन सक्नेछन्। ” एअरलाइन्सका मार्केटिङ म्यानेजर सरल राणाले केही महिना घाटा सहेरै भए पनि आफूँहरुले सेवा दिन सुरु गर्ने बताए । पोखरा र भरतपुर हवाई नेटवर्कले जोडिएपछि पोखरा आउँने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका विविध गतिविधि नियाल्न सक्ने मार्केटिङ म्यानेजर राणाले जनाए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेल, नाट्टा क्षेत्रिय संघ गण्डकी प्रदेश अध्यक्ष सन्तोस पोख्रेल लगायले पोखरा देखि भैरहवा र भरतपुर सिधा उडानले तीन क्षेत्रको पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका